अर्थ

सुनचाँदीको मूल्य घट्यो

आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ रुपैयाँ घटेको हो।

बिहीबार प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित: ८ चैत्र २०८१ ११:२९ शुक्रबार