अर्थ

महालेखा प्रतिवेदन : प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो

काठमाडौं- नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ। 

आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो। महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३/७४ सम्म सरकारको कूल ऋण दायित्व रु छ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ। 

आन्तरिक ऋण रु दुई खर्ब ८३ अर्ब ७१ करोड रहेको छ। यस्तै वैदेशिक ऋण रु चार खर्ब १३ अर्ब ९८ करोड रहेको छ। उक्त ऋण आव २०७३/७४ को कूल गार्हस्थ्य उत्पादनको २६.८४ प्रतिशत रहेको हो। त्यसमा आन्तरिक ऋण १०.९१ प्रतिशत र वैदेशिक ऋण १५.९३ प्रतिशत रहेको छ। 

कूल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कूल ऋण दायित्व रु २४ हजार २७६ रहेको छ। 

प्रकाशित: १० वैशाख २०७५ ११:५१ सोमबार

महालेखा प्रतिवेदन प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो