अर्थ

मन्थलीमा आइएमई जनरल इन्स्योरेन्स

काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले रामेछापको मन्थलीमा ३४औं शाखा खोलेको छ। उक्त शाखाको उद्घाटन आइतबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा गरेको कम्पनीले जनाएको छ।

उद्घाटन समारोहमा स्थानीय उद्योगी, व्यापारी लयागत विभिन्न बैंक, वित्तीय संस्थाका प्रमुख र प्रतिनिधि, सहकारी संस्थाका प्रमुख र सर्वसाधारणको उपस्थिति थियो।

उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बिमा क्षेत्रले रोजगारी सिर्जनामा योगदान गरेको बताए। सातवटै प्रदेशमा उपस्थिति जनाउँदै लघुबिमा लगायत सम्पूर्ण निर्जीवन बिमा सेवा सहज रुपमा प्रदान गरी अग्रणी कम्पनी बन्ने गरी अघि बढेको पनि उनले बताए। रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष थापा लगायत स्थानीय उद्योगी, व्यवसायीले कम्पनीलाई शुभकामना दिएका थिए।

प्रकाशित: १० वैशाख २०७५ ०५:१२ सोमबार

मन्थलीमा आइएमई जनरल इन्स्योरेन्स