अर्थ

जनता रेमिटको सुपर एजेन्ट जिएमई रेमिट

काठमाडौं– जनता बैक नेपालले ‘जनता रेमिट’ को सुपर एजेन्ट भई कार्य गर्न जिएमई रेमिट प्रालिलाई नियुक्त गरेको छ।

उक्त सुपर एजेन्ट सम्बन्धी सम्झौतामा जनता बैक नेपालका प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्री र जिएमई रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्ताक्षर गरेका छन्।सम्झौता बमोजिम ‘जनता रेमिट’मार्फत पठाएको रकम जिएमई रेमिटले आफ्नो एजेन्ट र शाखामार्फत भुक्तानी गर्न पाउने बैंकले जनाएको छ ।
 

प्रकाशित: ७ वैशाख २०७५ ००:४३ शुक्रबार

जनता रेमिटको सुपर एजेन्ट जिएमई रेमिट