अर्थ

नेपाली बजारमा नयाँ टाटा सफारी: लक्जरी, शक्ति र सुरक्षाको संगम

क्याप्शन

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले नयाँ टाटा सफारी नेपाली बजारमा सार्वजनिक गरेको छ।

शक्तिशाली इञ्जिन, आकर्षक डिजाइन, र अत्याधुनिक प्रविधिको संयोजन रहेको यो ७ सिट क्षमताको लक्जरी एसयूभी नेपाली ग्राहकहरूलाई लक्षित गरेर ल्याइएको हो।

कम्पनीका अनुसार नयाँ सफारी विशेष रूपमा नेपाली ग्राहकहरूको बदलिंदो जीवनशैली र उच्चस्तरीय सवारी खोज्ने चाहनालाई ध्यानमा राख्दै प्रस्तुत गरिएको छ।

ल्याण्ड रोभरको डिड प्लेटफर्ममा आधारित ओमेगाआर्क आर्किटेक्चरमा तयार पारिएको यस गाडीको निर्माण अत्यन्तै परिष्कृत र कार्यक्षमताको दृष्टिले उत्कृष्ट छ।

यो गाडीले यात्रालाई सहज बनाउने थुप्रै विशेषताहरू समेटेको छ। यसमा डुअल-जोन पूर्ण स्वचालित एयर कन्डिसनिङ, मेमोरी तथा वेलकम फिचर सहित ६ वटा तरिकाले समायोजन गर्न मिल्ने ड्राइभर सिट, अगाडि भेन्टिलेटेड सिट, १२.३० इन्चको हर्मन टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ९ वटा जेबिएल स्पिकर (४ स्पिकर + ४ ट्वीटर + सबउफर) सहितको उत्कृष्ट साउन्ड सिस्टम, मुड लाइटिङसहितको भ्वाइस असिस्टेड प्यानोरामिक सनरूफ तथा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमका ११ प्रमुख विशेषताहरू उपलब्ध छन्।

सुरक्षाको दृष्टिले समेत टाटा सफारी अत्यन्तै भरपर्दो छ। ग्लोबल एनसिएपीबाट ५-स्टार सुरक्षा रेटिंग प्राप्त यो गाडी नेपाली बाटोका लागि सुरक्षित रहेको सिप्रदीले जनाएको छ।

यसमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, ७ वटा एयरब्याग, वायरलेस चार्जर, जेस्चर कन्ट्रोल्ड पावर्ड टेलगेट, अटो होल्ड फिचर सहितको इलेक्ट्रोनिक पार्क ब्रेक जस्ता विशेषताहरू उपलब्ध छन्।

नेपालभरका टाटा मोटर्सका शोरुमहरूमा यो गाडी अवलोकन तथा टेस्ट ड्राइभका लागि उपलब्ध छ। सिप्रदीले नयाँ टाटा सफारीको सुरुवाती मूल्य १ करोड २१ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

सुरक्षा, लक्जरी, र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन खोज्ने ग्राहकका लागि नयाँ टाटा सफारी नेपाली बजारमा उत्कृष्ट विकल्प बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १ फाल्गुन २०८१ १९:५७ बिहीबार