अर्थ

आज सुनको मूल्यमा देखियो भारी गिरावट

स्थानीय बजारमा आज (बुधबार) सुन तोलामा दुई हजार ७०० रुपैयाँले घटेको छ। मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० रुपैयाँ पुगेको सुनमा आज  भारी गिरावट आएको हो। 

आज सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको छ। 

यस्तै, चाँदीको मूल्य पनि हिजोको तुलनामा केही घटेर एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी तोलाको एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित: ३० माघ २०८१ १०:३७ बुधबार