अर्थ

बाँसगढीमा एभरेस्ट बैंक

काठमाडौं– एभरेस्ट बैंकले बर्दियाको बाँसगढीमा शाखा खोलेको छ ।उक्त शाखाको समुद्घाटन बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

उद्घाटन कार्यक्रममा बाँसगढी नगरपालिकाका उपमेयर सुष्मा चौधरी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल, इलाका प्रशासन कार्यालयका प्रमुख महेन्द्रजंग शाही र अन्य वरिष्ठ पदाधिकारीको उपस्थिति थियो।हालै भएको क्यामेल्स रेटिङमा एभरेस्ट बैंक दोस्रो स्थानमा परेको पनि विज्ञप्तिमा उल्लेख छ । एभरेस्ट बैंकले ८० शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र एक सय १३ एटिएम तथा बृहत् बाह्य सञ्जालमार्फत सेवा दिइरहेको छ ।  

प्रकाशित: ६ वैशाख २०७५ ००:३८ बिहीबार

बाँसगढीमा एभरेस्ट बैंक