अर्थ

आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य बढेको छ। सुन एक हजार चार सय रुपैयाँ बढेर कारोबार भइरहेको छ। 

आज सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदी पनि केही बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। मंगलबार चाँदी एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो।  

प्रकाशित: १६ माघ २०८१ १०:३८ बुधबार

#NagarikNews