अर्थ

कोहलपुरमा जनता बैंकको शाखा

काठमाडौं– जनता बैंक नेपाल लिमिटेडले बाँकेको कोहलपुरमा शाखा विस्तार गरेको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा बैंकले १०८औं शाखा खोलेको छ।

कोहलपुर नगरपालिका क्षेत्रका व्यवसायी उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको बैंकले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०७५ ०१:०६ मंगलबार

कोहलपुरमा जनता बैंकको शाखा