अर्थ

रिलायन्स लाइफको बाल जीवन बिमा

काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ वर्ष २०७५ को अवसरमा ‘मेरो मुटु बाल जीवन बिमा’ योजना ल्याएको छ । एक महिनाको उमेरदेखि बच्चाको बिमा गर्न सकिने तथा प्रस्तावक र बच्चा दुवैको जीवन रक्षावरण एकैपटक हुने कम्पनीले जनाएको छ।

यस योजनाले बच्चाको दिर्घकालीन आर्थिक सुरक्षा तथा बचतको आश्वस्तता प्रदान गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।साथै बिमा अवधिभर प्रस्तावकको कारणवस मृत्यु भएमा सो घटना पश्चातको बाँकी सबै बिमा शुल्क मिनाहा हुनेछ । साथै बिमांक रकमको एक प्रतिशतको दरले हुन आउने रकम आयको रुपमा बिमा अवधिभर हरेक महिना प्रदान गरिने विज्ञप्तिमा छ।

यस बिमा योजनाको सञ्चालनसँगै कम्पनीले पाँचवटा जीवन बिमा योजनाबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएका छन् ।

प्रकाशित: ४ वैशाख २०७५ ००:५६ मंगलबार

रिलायन्स लाइफको बाल जीवन बिमा