अर्थ

टिसिएलको आइपिएल प्रेडिक्ट टु विन

काठमाडौं– टेलिभिजन ब्रान्ड टिसिएलले आइपिएलका लागि आइपिएल पे्रडिक्ट टु विन कन्टेस्ट सार्वजनिक गरेको छ ।उक्त कन्टेस्टमा सहभागी हुन टिसिएलको फेसबुक पेज लाइक गरी आफूले चाहेको टिम छान्न सकिने कम्पनीले जनाएको छ।

टिम छानिसकेपछि उक्त फेसबुक पेज सेयर गर्नुपर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।सहभागीमध्ये सवैभन्दा बढी प्वाइन्ट ल्याउनेलाई टुर्नामेन्टको अन्त्यमा विजेता घोषणा गरिने कम्पनीले जनाएको छ।

विजेतालाई ३२ इन्चको टिसिएल एलइडी टिभी प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । उक्त कन्टेस्ट पोइन्टका आधारमा खेलाइने कम्पनीले जनाएको छ । टिसिएलको नेपालमा आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स हो।

प्रकाशित: ४ वैशाख २०७५ ००:४७ मंगलबार

टिसिएलको आइपिएल प्रेडिक्ट टु विन