अर्थ

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा र थाइ एशियाले उडान सुरु गर्दै

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले फेब्रुअरी ३ देखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा र थाइ एशियाले उडान सुरु गर्ने बताएका छन्।

मंगलबारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्। उनले भैरहवाबाट अहिले पनि नेपाल एयरलाइन्स र फ्लाइ दुबईले उडान गरिरहेको बताए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा-ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले पहल गरिरहेको बताए।

विमान उडान सञ्चालन देशको जिडिपीसँग जोडिएको हुने भन्दै स्वेच्छिक राखेसम्म त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अन्य विमानस्थलमा जानेको संख्या कम हुने बताए। विदेश जानेहरूका लागि ५ सय मिटरभित्रै सबै सेवा उपलब्ध गराउने प्रतिबद्धतासहित अघि बढ्नसके भैरहवा र पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउने उनको भनाइ छ।

महानिर्देशक अधिकारीले अन्तर्राष्ट्रिय व्यापारमा जबरजस्ती किन गरेको भन्ने प्रश्नको जवाफ आफूसँग पनि नरहेको बताए।

प्रकाशित: ९ माघ २०८१ ११:१८ बुधबार

#Economy #Bhairahawa Airport