अर्थ

सानिमाको होम बैंकिङ सेवा

काठमाडौं – सानिमा बैंकले नयाँ वर्ष २०७५ को अवसरमा होम बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले जेष्ठ नागकिलाई लक्ष्य गरी होम बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

यो सेवा ५८ बर्ष पुगेका नेपाली नागरिकले उपभोग गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस अन्र्तगत घरै बसेर बैंकिङ सेवा लिन चाहने जेष्ठ नागरिकले सुविधाजनक तथा झन्झटरहित सेवा लिन सक्नेछन्।

यो सेवा विद्युतीय उपकरण (टिएबी) प्रयोगबाट सजिलो, सुरक्षित र भरपर्दो रुपमा सानिमा बैंकका कर्मचारी ग्राहकका घर–दैलोमा पुगेर प्रदान गर्नेछन्। सानिमाले ५८ शाखा, ६७ एटिएम, एक्सटेन्सन काउन्टर लगायतबाट सेवा दिइरहेको छ।

प्रकाशित: २ वैशाख २०७५ ०४:३० आइतबार

सानिमाको होम बैंकिङ सेवा