अर्थ

सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिल्सको भेटघाट

काठमाडौं– सर्वोत्तम सिमेन्ट प्रालि र लक्ष्मी स्टिल्स प्रालिले बुटवल, सुनवल र भैरहवामा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिकबीच (ठेकेदार) भेटघाट कार्यक्रम गरेको छ । गत सोमबारदेखि बुधबारसम्म उक्त कार्यक्रम गरिएको हो।

कार्यक्रममा घर बनाउने क्रममा सिमेन्ट र डन्डीको प्रयोग भूकम्प प्रतिरोधात्मक हुने गरी गर्ने विभिन्न तरिकाबारे जानकारी गराइएको बताइएको छ।उक्त भेटमा बुटवलमा एक सय २५ जना, सुनवलमा दुई सय २० जना र भैरहवामा एक सय २० जना ठेकेदार सहभागी भएको जनाइएको छ।

 

प्रकाशित: ३० चैत्र २०७४ ०२:०८ शुक्रबार

सर्वोत्तम सिमेन्ट लक्ष्मी स्टिल्सको भेटघाट