नेपाल बिमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई दिइएको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि सहसचिव दाहालले प्राधिकरणको कामकाज हेर्ने गरी जिम्मेवारी तोकिएको हो । दाहाल बिमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरीयतामा छन् ।
गत सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झूटा विवरण पेश गरेर पदीय लाभ लिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि तत्कालिन अध्यक्ष सूर्यप्रसाद सिलवाल निलम्बनमा परेका थिए ।
सिलवालले १६ महिनाअघि नै ६५ वर्षे उमेर हदका कारण अवकाश पाइसक्नुपर्ने भए पनि जन्ममिति फेरिएको नागरिकता पेश गरेर पदीय ओहदाको दुरुपयोग गरेको अख्तियारको दाबी छ ।
प्रकाशित: २७ मंसिर २०८१ १९:२७ बिहीबार