अर्थ

निर्धनको बाख्रापालन तालिम

काठमाडौं– निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्रका विपन्न गरीब महिलाको सहभागितामा यही चैत २५ देखि २७ गतेसम्म काभ्रेपलाञ्चोक जिल्लाको दाप्चा छत्रेबाझमा व्यावसायिक उन्नत बाख्रापालन तालिम सम्पन्न गरेको छ।

उक्त तालिममा छत्रेबाझ क्षेत्रका २५ जना विपन्न महिला सहभागी भएका थिए।निर्धन उत्थान बैंकको मातृ संस्था निर्धनले विपन्न महिलाको सहभागितामा व्यावसायिक उन्नत बाख्रापालन तालिम सञ्चालन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत अन्जु पन्तले बताइन् । उक्त अवसरमा विदुर गिरी, राजकुमार श्रेष्ठ, दिलबहादुर पुनले प्रशिक्षण दिएका थिए।

स्थानीय र उन्नत बाख्रामा भिन्नता, बाखा्रपालनको महत्व, आवश्यकता र वर्तमान स्थिति तथा नेपालमा पालिने स्थानीय तथा उन्नत नश्लका बाख्राको जातीय परिचयलगायत विषयमा जानकारी गराइएको जारी विज्ञप्तिमा उल्लेख छ । पन्तले सहभागीलाई प्रमाणपत्र वितरण गरेकी थिइन्।

प्रकाशित: २९ चैत्र २०७४ ०१:२१ बिहीबार

निर्धनको बाख्रापालन