काठमाडौं– एनआइसी एसिया बैंकले नवलपरासीको गैंडाकोट नगरपालिका–४ मा नयाँ शाखा विस्तार गरेको छ । गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जनाएको छ।
सञ्चालक अर्यालले सर्वसाधारणको हितलाई ध्यानमा राख्दै बैंकले बैंकिङ सेवा प्रदान गर्दै आएको बताएको विज्ञप्तिमा उल्लेख छ । बैंकको देशभर एक सय ९२ शाखा कार्यालय, एक सय ९५ एटिएम, चारवटा एक्स्टेन्सन काउन्टरका साथै चारवटा शाखारहित बैंकिङ सेवा दिइरहेको बैंकको विज्ञप्तिमा छ।
प्रकाशित: २८ चैत्र २०७४ ००:४३ बुधबार