अर्थ

भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छ: मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालनको लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन्।

बिहीबार लुम्बिनीमा भएको ‘लुम्बिनीमा लगानी: अवसर र चुनौती’ विषय कार्यशाला गोष्ठीमा  बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनको लागि केन्द्र सरकारसँग समन्वय गर्ने बताएका हुन। उनले केही सरकारी कर्मचारीले सरकारको नीति भन्दा बाहिर गएर विमानस्थल सञ्चालन गर्न नसकिने भने पनि सरकार विमानस्थल सञ्चालनमा पछाडि नहट्ने बताए।

मुख्यमन्त्री आचार्यले केन्द्र सरकारले श्रमिकको स्वास्थ्य परीक्षण,भिसा र श्रम स्वीकृत लुम्बिनीबाट गर्ने वातावरण तत्काल मिलाउन जरुरी रहेको बताए। उनले प्रदेश सरकार भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालन गर्न प्रतिबद्ध रहेको बताए। उनले प्रदेश सरकारले स्वास्थ्य परीक्षण,श्रम स्वीकृत र भिसा स्वीकृतको लागि सम्बन्धित निकायहरूमा पहल गर्ने प्रतिवद्धता जनाए।

उनले लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको लागि लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए। उनले निजी क्षेत्रलाई लगानी सहजीकरणको लागि सहयोग गर्न प्रदेश सरकार आतुर रहेको उल्लेख गरे।उनले लगानीको लागि नीतिगत र कानुनी रुपमा समस्या भए समस्या समाधान गर्न आफूहरू तयार रहेको बताए। 

प्रकाशित: १४ मंसिर २०८१ १५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App