काठमाडौं– एलजीले बिक्रेता भेला २०१८ आयोजना गरेको छ । एलजीले राजधानीमा देशभरका आफ्नो ब्रान्डको बिक्रेताको भेला गरेको हो।
कम्पनीले ‘लेट्स ग्रो टुगेदर’ नारासाथ उक्त भेला आयोजना गरेको कम्पनीले जनाएको छ । भेलामा सन् २०२० को भिजन सेयर गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यही अवसरमा एलजीले नयाँ उत्पादन पनि सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो बिक्रेतालाई गल्फ, स्पा, स्विमिङ र जिम जस्ता मनोरन्जन कार्यक्रममा समेत सहभागी गराएको एलजीले जनाएको छ ।
प्रकाशित: २७ चैत्र २०७४ ०१:२१ मंगलबार