अर्थ

सुनको मूल्य फेरि उकालो लाग्न थाल्यो, आज तोलामा ९ सय बढ्यो

पहेलो धातु सुनको भाउ फेरि उकालो लाग्न थालेको छ। आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो। नेपाली बजारमा अहिले सुन प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महांघले जनाएको छ।

मंगलबार सुन तोलामा १ हजार १ सय रूपैयाँ र सोमबार १ हजार रूपैयाँले बढेको थियो । तर,आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा ५ रूपैयाँले घटेर १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित: ५ मंसिर २०८१ ११:५८ बुधबार

#gold and silver