अर्थ

राष्ट्रिय लगानी बोर्डद्वारा पर्वतारोही पुर्जा सम्मानित

कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाई’ लाई राष्ट्रिय लगानी बोर्डले नेपालको साहसिक पर्यटनको क्षेत्रमा कीर्तिमान कायम गरेको भन्दै अभिनन्दन गरेको छ।

सोमबार लगानी बोर्डमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कीर्तिमानी आरोही पुर्जालाई प्रशंसा पत्र प्रदान गरे ।नेपाललाई साहसिक पर्यटन गन्तव्यको शीर्ष स्थानमा राख्न उल्लेखनीय योगदान पु¥याएकोमा बोर्डले प्रशंसा पत्र प्रदान गरेको हो।

सम्मान पत्रमा साहसिक पर्यटन क्षेत्रमा निर्मल पुर्जाको योगदान उनका उपलब्धिहरूले विश्वभरका अन्वेषकहरूलाई प्रेरणा दिन्छ र नेपालको पर्यटन लगानीको विशाल सम्भावनालाई प्रकाश पार्ने र लगानी बोर्ड नेपालमा, हामी हाम्रो पर्यटन क्षेत्रमा दिगो विकासलाई समर्थन गर्ने लगानीलाई आकर्षित गर्न यो गतिलाई अगाडि बढाउन तत्पर रहेको उल्लिएछ।

सोही अवसरमा आरोही पुर्जाले नेपाल हिमाल आरोहण, पदयात्रा सहित साहसिक गन्तव्यका लागि समेत प्रख्यात भएकाले सहज वातावरण बन्न सकेमा अहिलेभन्दा दोब्बर बढी पर्यटक भित्राउन सकिने बताएका थिए।

हालै एसियाको सगरमाथादेखि अफ्रिकाको माउन्ट किलिमन्जारोका साथै दक्षिण अमेरिका, उत्तर अमेरिका, अन्टार्कटिका, युरोप र अष्ट्रेलिया महादेशका उच्च शिखर सहित अक्सिन र पूरक अक्सिजन बिनै ८ हजार मिटरभन्दा अग्ला १४ चुचुरो आरोहण गरी दुर्लभ कीर्तिमानी कायम गरेका पुर्जाले पहिलो पटक बि.स २०६९ पुसमा पहिलो पटक सगरमाथा आधार शिविरसम्म पदयात्रा सहित सोहीबर्ष ६ हजार १ सय १९ मिटर उचाइको लोबुचे हिमालबाट आरोहण यात्रा थालेका थिए।

पुर्जाले सबैभन्दा चुनौतीपूर्ण र खतरनाक हिमालमध्ये एक पाकिस्तानको केटुको आरोहण समेत दुर्लभ कीर्तिमानी छ। उनले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ आरोहण अहिलेसम्म कुनै पर्वतारोहीले तोड्न सकेको छैनन्।

प्रकाशित: २६ कार्तिक २०८१ १८:३२ सोमबार