अर्थ

क्षतिग्रस्त बिपीराजमार्ग पुनः निर्माणबारे जाइकाद्वारा निरीक्षण

गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपीराजमार्ग पुनः निर्माणका लागि जापान अन्तर्राीष्ट्रय सहयोग नियोग (जाइका) को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ।

कात्तिक दोस्रो साता दुई दिन र बिहीबारसमेत गरी दुई पटक अवलोकन–निरीक्षण गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

डिभिजन सडक कार्यालय क्षतिग्रस्त सडक पुनःनिर्माणबारे जाइकाको निर्णयको पर्खेर बसेको थियो। जाइकाको प्राविधिक टोलीद्वारा दुईपटक अवलोकन निरीक्षण भइसकेको र आगामी डिसेम्बर पहिलो हप्तासम्ममा प्रतिवेदनसहित निर्णय आउने कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए। उनका अनुसार जाइकाको निरीक्षण–प्रतिवेदनसँगै नेपाल सरकारले पनि पुनःनिर्माणको तयारी गरिरहेको छ।

राजमार्ग पुनः निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग शिष्टाचार भेट गरी सहयोगबारे छलफल गरेका थिए।

‘जाइकाको प्रतिक्रियाको पर्खाइमा पनि छौं, डिसेम्बर पहिलो हप्तासम्ममा जाइकाको निर्णय आएपछि निर्माण थालिनेछ’, इन्जिनियर योगेशले भने, ‘पुनः निर्माण ढिलो गर्ने पक्षमा छैनौं, नेपाल सरकारद्वारा तत्कालै निर्माण थाल्ने गरी सरोकारवाला निकायसँग छलफलसँगै सर्वेर डिजाइनको तयारी पनि सुरु भइसकेको छ।’

जाइकाले निर्माण नगरे करिब दुई महिनाभित्र सडकको पुनः निर्माण कार्य डिभिजन सडक कार्यालयले नै सुरु गर्ने उनले जनाए।राजमार्गको सडक पुनः निर्माण गर्न सात अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

बिपीराजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा छ। बाढीपहिरोले अवरुद्धराजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गत असोज ३० गतेदेखि नै साँझ ६ बजेदेखि १० घण्टा (रातको समय) यातायात सञ्चालमामा रोक लगाउँदै आएको छ।

केन्द्रीयराजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमारहेको उक्तराजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुने गरी सञ्चालनमा ल्याइएको छ।

योगेशका अनुसार प्रधानमन्त्री ओलीसँग राजमार्ग पुनः निर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थप छलफल भइरहेको छ। बाढीपहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको सोराजमार्ग सडक विभाग, डिभिजन कार्यालय,राजमार्गअन्तर्गतका स्थानीय तहहरू, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा गत असोज २५ गतेबाट सञ्चालन गरिएको हो।

पछिल्लोपटकराजमार्गअन्तर्गत काभ्रेपलाञ्चोककोरोसी गाउँपालिका–९ मंगलटारस्थित बोक्सीकुनामा डाइभर्सन बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी सञ्चालनमा ल्याइएको योगेशले सुनाए। उनका अनुसार बाढीपहिरोलेराजमार्गको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ररोसी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब दुई सय मिटर सडक पनि अस्थायी रूपमा एकतर्फी खुलाइएको छ।

बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको सीमास्थल नेपालथोकसम्म क्षति पु‍¥याएपछि उक्तराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। ‘राजमार्गको सडक, पुलर कल्भर्टहरू बगेको स्थानमा हाललाई सडक सञ्चालनका लागि अस्थायी संरचना निर्माण गरिएको हो’, योगेशले सुनाए। उनका अनुसार धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बाटो सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ।

पुनः निर्माण हुने सडक दुई लेनको हुने जनाइएको छ। भत्किएको ठाउँमा खोलाको बगरमै दुई लेनको पुल बनाउने वा भित्ता काटेर सडक बनाउने वा तलबाटै पर्खाल उठाएर सडक तयार गर्ने भन्ने तीन वटा अवधारणामा छलफल भइरहेको योगशले बताए। उनका अनुसार भत्किएका स्थानमा आवश्यकताअनुसार सयदेखि एक सय ५० मिटरसम्मका पुल ठाउँठाउँमा बन्नेछन्।

कार्यालयका अनुसाररोसी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकखण्डको १४ स्थानमा करिब १० किलोमिटर सडक क्षतिग्रस्त भएको थियो।राजमार्गको कुल एक सय ६० किमिमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमीर चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमि गरी ८४ किमि सडकको विभिन्न स्थानमा बढी क्षति पु‍र्‍याएको कार्यालयले जनाएको छ।

जाइकाद्वारा निर्मित सोराजमार्ग सडक निर्माण गर्दा प्रति किमी ३५ करोड लागत थियो। जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपीराजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो।

खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन येन र नेपाल सरकारको १.१ बिलियन येन लागतमा सो राजमार्ग निर्माण भएको हो।

प्रकाशित: २५ कार्तिक २०८१ ०८:०३ आइतबार

#BP Highway