अर्थ

अर्थ सचिवमा खनाल

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले अर्थ सचिवमा राजन खनाललाई ल्याएका छन्। विगतमा राजस्व सचिवको जिम्मेवारी सम्हालेका खनाल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव थिए।

आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदा खनाल र लक्ष्मण अर्यालको टिमले बहुचर्चित नक्कली भ्याट प्रकरणमा मुलुकलाई करिब सात अर्ब रुपैयाँको राजस्व असुली गरेका थिए। भ्याट प्रकरणमा राजनीतिक र व्यापारीको दबाब  बेवास्ता गर्दै काम गरेका हुनाले खनाल र अर्याललाई अर्थ प्रशासनमा दबाब सहेर पनि काम गर्न सक्ने कर्मचारीको रुपमा लिइन्छ।

लामो समयदेखि वित्तीय अराजकता मौलाइरहेको समयमा खनाल अर्थ सचिवको रुपमा आएपछि सुधारको अपेक्षा गरिएको छ। अर्थमन्त्री खतिवडाले मन्त्रालय अन्तर्गतका अन्य विभाग प्रमुखहरु पनि हेरफेर गर्दै दक्ष कर्मचारीलाई भित्र्याएका छन्। खतिवडाले अर्थको राजस्व सचिवमा  शिशिरकुमार ढुंगानालाई निरन्तरता दिएका छन्। ढुंगाना पनि काम गर्नुपर्छ भन्ने मान्यताका प्रशासक मानिन्छन्।

प्रकाशित: २५ चैत्र २०७४ ०५:५१ आइतबार

अर्थ सचिवमा खनाल