अर्थ

वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रम मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वर्षेनी ५ लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजगारीको बाध्यता कायम रहने बताएका छन्।

सोमवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए)को कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन ।उनले हरेक वर्ष नेपालमा ५ लाख मानिस श्रम बजारमा आउने र त्यसमध्ये १ लाख मानिसले मात्रै रोजगारी पाउने गरेको बताए। बाँकी ४ लाख मानिसलाई रोजगारी दिन नसकेसम्म वैदेशिक रोजगारीमा जाने मानिसहरूको संख्यामा कमी नहुने धारणा राखे।

श्रम मन्त्री भण्डारीले वर्षेनी सरकारले रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताए। अवसर सिर्जना गर्नको निम्ति मुलुकको समष्टिगत राजनीतिक परिस्थितिदेखि सबै कुरा अनुकूल बनिरहेको बताए। उनले वर्तमान सरकार बनाउनका लागि मात्रै नभई काम गर्नका लागि बनेको बताए। सरकारलाई असफल हुने छुट नरहेको धारणा राखे। 

श्रम मन्त्री भण्डारीले मुलुकभित्रका रोजगारका सम्भावनालाई हेर्ने आन्तरिक रोजगार महाशाखा बनाउन लागेको बताए। 

प्रकाशित: १२ कार्तिक २०८१ १६:१४ सोमबार

#Minister Sarat Singh Bhandari ##employment #Non Resident Nepali Association (NRNA) ##labour market