अर्थ

नेप्सेमा सबै सूचक बढ्यो, ५ अर्ब माथिको कारोबार

तीन कारोबार घटेर बन्द भएको नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन बढेर बन्द भएको छ। साताको दोस्राे दिन सोमबार नेप्से परिसूचक २७.४१ अंक बढेर २६४५.३६ विन्दुमा पुगेको छ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०७ स्टकको ५८ हजार ५५२ पटकको कारोबारमा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड ४ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

त्यस्तैगरी आज सेन्सेटिभ इण्डेक्स ३.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंक बढेको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जानकी फाइनान्स र दोल्ती पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी कारोबारमा आएको पिपुल्स हाइड्रोपावरको शेयरमूल्य आज सर्वाधिक ६.०२ प्रतिशत घटेको छ।

प्रकाशित: १२ कार्तिक २०८१ १६:०० सोमबार

#NEPSE #share Bazar