अर्थ

नेप्सेमा ओरालो लाग्ने क्रम जारी, २६१७.९५ विन्दुमा झर्‍यो

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ९.१९ अंक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको हाे।

आइतबार नेप्से परिसूचक ९.१९ अंक घटेर २६१७.९५ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ४.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार बिहिबार ५ अर्ब ४१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आइतबार ३२० स्टकको ५६ हजार ६४६ पटकको कारोबारमा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार नेप्से घटेपनि चार स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), रिभर फल्स पावर, माइ खोला हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

१३ उपसमूहमध्ये आइतबार ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित: ११ कार्तिक २०८१ १५:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App