अर्थ

बेत-बाँसका फर्निचरको सोरुम

ग्रिन कर्णाली बहुउद्देश्यीय उद्योगले बेत तथा बाँसका फर्निचरहरूको सोरुम सञ्चालन गरेको छ। केही वर्षदेखि उत्पादन सुरु गरिरहेको उद्योगले अहिले सोरुम पनि सञ्चालनमा ल्याएको छ।

उद्योगले वीरेन्द्रनगर खोर्केलाइनस्थित सोरुम शनिबार सञ्चालनमा ल्याएको हो। सोरुममा बेत तथा बाँसका विभिन्न फर्निचरहरू छन्। ग्रिन कर्णाली कन्सल्टेन्सी एन्ड ट्रेनिङ सेन्टरले स्थानीय जनशक्ति परिचालन गरी बेत बाँसका सामान उत्पादन गर्दै आएको छ।

उद्योगका सञ्चालक लक्ष्मी भट्टराईले घर कार्यालय सजावट, होटल, बगैंचा, भान्साघर जस्ता स्थलमा प्रयोग गर्न सकिने विभिन्न प्रकारका फर्निचर उपलब्ध रहेको बताइन्। ‘दिगो पर्यावरणमैत्री विकल्पका रूपमा बेत बाँसका सामान प्रयोग गर्नु राम्रो हो,’ उनले भनिन्, ‘यो काठका फर्निचरभन्दा टिकाउ एवं दिगो छ, हल्का हुन्छ, ताजा देखाउन नियमित स्प्रे पनि गर्न सकिन्छ।’

कर्णालीका भूगोलमा सजिलै पाइने, सोझो, सहज ल्याउन सकिने, बुट्टा निकाल्न सकिने र सामान्य ज्यावल प्रयोग गरेर पनि उपयोगमा ल्याउन सकिने ग्रिन कर्णाली बहुउद्देश्यीय उद्योगले जनाएको छ। उद्योगका सञ्चालक लक्ष्मी भट्टराई, सुष्मा गिरी र सिर्जना वली हुन्।

प्रकाशित: ११ कार्तिक २०८१ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App