अर्थ

नेपालमा जापानी लगानी बढाउन माग

काठमाडौँ – नेपाल–जापानबीच आर्थिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले जापानको राष्ट्रिय खानाको आधिकारिक बिक्री स्थल स्थापना भएको छ। 

ललितपुरको कुपण्डोलमा शनिबार जापानी धर्मगुरु मञ्जु सत्य र प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संयुक्त रुपमा बिक्री स्थलको उद्घाटन गरे। 

सो बिक्री स्थलमा धर्मगुरु मञ्जु सत्य र नेपालस्थित जापानी खानाका आधिकारिक बिक्रेता ओताफुकु कम्पनीले लगानी गरेका छन्। ओताफुकु केन्द्रको नामले खुलेको स्थलमा जापानी खानाको व्यवस्था गरिने सञ्चालक पारु डंगोल राउतले जानकारी दिए। 

कार्यक्रममा जापानको टोकियोका लागि नेपाल चेम्बर अफ कमर्सले नियुक्त गरेको अवैतनिक वाणिज्य दूत बलराम श्रेष्ठले जापानी लगानीलाई आकर्षित गर्न केन्द्रले सहयोग गर्ने विश्वास व्यक्त गरे। 

प्रदेशसभा सदस्य वैद्य, धर्मगुरु मञ्जु सत्य र नायिका नम्रता योगी लगायतले जापानी लगानीलाई नेपालमा प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए। 

प्रकाशित: २४ चैत्र २०७४ १०:२८ शनिबार

नेपालमा जापानी लगानी बढाउन माग