अर्थ

लुम्बिनीलाई लगानीमैत्री क्षेत्र बनाउने गरी सरकारले काम सुरु गरेको छ: मन्त्री ढकाल

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले लुम्बिनीलाई लगानीमैत्री क्षेत्र बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन्।

बुधवार बुटवलमा आयोजित व्यापार तथा लगानीमा प्रदेश स्तरका सरोकारवालाहरूसँगको एक दिने छलफल कार्यक्रममा बोल्दै मन्त्री ढकालले देशभित्रका राष्ट्रिय पुँजीलाई कसरी प्रदेश र लगानीको क्षेत्रमा केन्द्रित गर्ने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको बताएका हुन।

उनले लुम्बिनी सरकारले निजी क्षेत्रको लगानीलाई व्यवस्थित गर्ने बारेमा पनि आवश्यक योजना बनाइरहेको बताए। उनले निजी क्षेत्रले गरेको लगानीको व्यवस्थापनका बारेमा सरकारले आवश्यक काम अघि बढाएको जिकिर गरे। मन्त्री ढकालले निजी क्षेत्र र सरकारको बीचमा लगानीको सन्दर्भमा देखिएका कमजोरीहरू समाधान गर्न सरकार तयार रहेको बताए। उनले वाह्य पुँजीलाई आकर्षित गर्ने गरी सरकारले काम गरिरहेको पनि बताए। प्रदेश सरकार निजी क्षेत्रलाई साथमा लिएर प्रदेशको विकासलाई अघि बढाउने काममा केन्द्रित रहेको धारणा राखे।

मन्त्री ढकालले प्रदेशमा लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताए। उनले लुम्बिनी प्रदेशमा तीन औद्योगिक ग्राम स्थापना गरेको भए पनि कार्यान्वयन गर्न नसकेको बताए। भैरहवा विमानस्थललाई नियमित सञ्चालन गर्ने विषयमा संघ र प्रदेश सरकारले मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित: ७ कार्तिक २०८१ १४:२१ बुधबार

#Minister Bhumishwar Dhakal #Lumbini State Govt #Investment friendly environment