अर्थ

कुलमानको स्पष्टिकरण तयार, सरकारलाई आज बुझाउने

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारले सोधेको स्पष्टिकरण आज बुझाउने बताएका छन्।  सरकारले सोधेका सबै प्रश्नको विवरण तयार भइसकेको भन्दै आज बुझाउने उनले बताए। 

घिसिङलाई गत असोज अन्तिम साता उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले १५ बुँदे स्ष्ष्टीकरण सोधेको थियो। 

उर्जा मन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा प्राधिकरणको सञ्चालक समितिमा पेस भएका विवरणहरु र सञ्चालक समितिले गरेका निर्णयहरु सहित स्पष्टिकरण दिन निर्देशक घिसिङलाई निर्देशन दिएका थिए।

त्यस्तै,घिसिङसँग विगत ४ वर्षमा प्रत्यायोजन गरेको अधिकारको विवरणसमेत पेस गर्न सरकारले भनेको छ। त्यस्तै,प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फर्छ्यौट हुन बाँकी बेरुजुको अध्यावधिक विवरण, विगत ४ वर्षमा सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमणको विवरणलगायतका विवरण मागिएको छ।

प्रकाशित: ७ कार्तिक २०८१ ०९:२८ बुधबार

#kulman #ghising