अर्थ

नेप्से २७४२.८८ अंकमा पुग्यो, कारोबार रकम ५ अर्ब माथि

दसैँपछिको दोस्रो कारोबार दिन पनि नेप्से बढेर बन्द भएको छ। दसैँ पछिको पहिलो कारोबार मंगलबार ३१ अङ्कले बढेको बजार बुधबार ४३.२२ अङ्कले बढेर २७४२.८८ विन्दुमा पुगेको छ।

बुधबार ५ अर्ब ६६ करोड २ लाख २७ हजार ७३७ रुपैयाँ बराबरको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर कारोबार भएको छ।

बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर २.१३ प्रतिशतले बढेको छ।

बुधबार विजय लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ९.३३ प्रतिशतले बढेको छ भने इष्ट्रन पावरको ९.२४ प्रतिशत र समता घरेलु लघुवित्तको ८.६२ प्रतिशतले बढेको छ।

यता गरि स्यांगे हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने मिड सोलु हाइड्रोपावरको ५.५४ प्रतिशत र मिथिला लघुवित्तको ४.५५ प्रतिशतल घटेको छ।

प्रकाशित: ३० आश्विन २०८१ १५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App