अर्थ

तोलामा तीन सय रूपैयाँले घट्यो सुनको मूल्य

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ६१ हजार तीन सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६१ हजार रूपैयाँ निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रूपैयाँले बढेको छ। शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ। 

प्रकाशित: २० आश्विन २०८१ १२:०६ आइतबार

# sun