अर्थ

एनसेल फाउन्डेशनद्वारा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

चार सयभन्दा बढीले लिए लाभ

एनसेल फाउन्डेशनले कपिलवस्तुको कपिलवस्तु नगरपालिका ९, निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा करिब ४ सय जनाले स्वास्थ्य परामर्श तथा सेवा लिएका छन् ।  

नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट परामर्श लिएका थिए । इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा समेत शिविरमा दिइएको जनाउँदै एनसेलले शिविरमा आएका मानिसहरुले परामर्श अनुसारको आवश्यक औषधि निःशुल्क वितरण गरेको जनाएको छ ।  

यस्ता स्वास्थ्य शिविरले स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरुका साथ समस्यासँग जुध्न मद्दत गर्दछ । एनसेल फाउन्डेशनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा संचालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालिकामा यस किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेल फाउन्डेशनले कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्यशिविर आयोजना गर्नेछ ।  

“नेपालका दुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै स्वस्थ नेपाल बनाउने हाम्रो उद्देश्य अनुरुप एनसेल फाउन्डेशनले यो स्वास्थ्य शिविर आयोजना गरेको हो । हामी समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधंै प्रतिबद्घ रहेका छौं । यसै अनुरुप हामीहरुले सातै प्रदेशमा विभिन्न स्थानिय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै विभिन्न ग्रासरुट स्तरका सामाजिक विकासका कार्यहरु गर्दै आएका छौं । हाम्रा परियोजनाहरुले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखालक्ष्मी खड्काले भनिन् ।

एनसेल फाउन्डेशनले आफ्नो सामाजिक पहलअन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ । एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेशनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरु योजना बनाएको छ । 

प्रकाशित: १५ आश्विन २०८१ १९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App