अर्थ

'हवाइ टिकट सस्तोमा बेच्न वायु सेवा कम्पनी सहमत'

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री  बद्री पाण्डेको निर्देशन विशेष पहलपछि सडक सञ्जाल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरू सहमत भएका छन्।

मन्त्री पाण्डेको निर्देशन अनुसार वायु सेवा सञ्चालक समितिले असोज १३ गते जारी गरिएको प्रेस विज्ञप्तिलाई कडाइका साथ कार्यान्वयन गर्ने र सडक सञ्जाल सञ्चालनमा नआएसम्म मंहगो भाडा दरमा टिकट बिक्री नगर्ने भएका हुन।

यस अघि तीन दिनका लागि मात्र कम भाडा दरमा टिकट विक्री गर्न सहमत भएका हवाइ कम्पनीहरूले अहिले सडक यातायात पूर्ण रुपमा सञ्चालन नभएसम्म कम भाडा दर मै टिकट विक्री गर्ने भएका हुन।

वायु सेवा संचालक समितिले प्रेस विज्ञप्ति जारी गर्दै बाढी पहिरो पश्चात् सडक सञ्जाल समेत सञ्चालनमा नआउँदासम्म सरकारले तोके बमोजिम लिँदै आएको उच्चतम भाडा दरमा हवाइ टिकट नबेच्न निर्देशन दिइएको हो।

यस अघि गत असोज १३ गते मन्त्री पाण्डेको निर्देशनमा वायु सेवा कम्पनीहरू हवाई भाडा घटाउन सहमत भएका थिए। अविरल वर्षासँगै बाढी पहिरोका कारण देशभरका अधिकांश सडक सञ्जाल र राजमार्गहरू अवरोध भएका छन्।

प्रकाशित: १५ आश्विन २०८१ १३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App