अर्थ

सुनको मूल्य तोलामा एक सयले घट्यो

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ६० हजार छ सयमा कारोबार भएकामा सोमबारका लागि भने रु एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ। आइतबार प्रतितोला रु एक हजार नौ सय ४५ मा कारोबार भएकामा आजका लागि रु एक हजार नौ सय ४० कारोबार हुने गरी निर्धारण भएको छ।

प्रकाशित: १४ आश्विन २०८१ ११:५२ सोमबार

#Gold Price