अर्थ

नयाँ वर्षमा विभिन्न ब्रान्डको अफर

काठमाडौं – बजारमा नयाँ वर्ष, चाड पर्व र कुनै उत्सवको अवसरमा विभिन्न कम्पनीले आफ्नो उत्पादनमा आकर्षक अफर तथा योजना ल्याउने गरेका छन् । कम्पनीले यस्ता पर्व, उत्सव तथा नयाँ वर्षको अवसरमा उपभोक्ता आकर्षित गर्ने गरी विशेष छुट सहित योजना ल्याउने गरेका छन्।

नयाँ वर्ष २०७५ नजिकिँदै गर्दा विभिन्न ब्रान्ड तथा सेवा प्रदायक कम्पनीले नयाँनयाँ अफर तथा योजना सार्वजनिक गरेका छन् । सदाबहार मूल्यभन्दा केही कम सहित विभिन्न उपहार, नगद फिर्ता, बम्पर उपहार तथा भ्रमण जस्ता योजना ल्याउने गरेका छन्।

ठूला कम्पनीले पनि नयाँ वर्षको अवसरमा दैनिक जीवनमा प्रयोग हुने सामान, घरायसी सामान, सवारी साधनमा समेत छुट तथा अफर ल्याउने गरेका छन् । कम्पनीले आफ्नो ब्रान्ड र उत्पादनको आधारमा उपभोक्तालाई आकर्षण गर्ने गरी नयाँ वर्षमा नयाँ अफर सार्वजनिक गरेका छन्।

नयाँ वर्षको अवसरमा सिजीले आकर्षक अफर ल्याएको छ । सिजीले आफ्ना उत्पादनको खरिदमा विभिन्न उपहारका साथै २० प्रतिशत नगद छुट दिने योजना ल्याएको छ । सिजीका ४९ इन्चमाथिका टेलिभिजन सेट किन्दा सिजीका स्पिकर उपहार दिने कम्पनीले जनाएको छ । यस्तै २० देखि ४३ इन्चसम्मका टेलिभिजन सेट खरिदमा २० प्रतिशतसम्म नगद छुट पाउनेछन्।

यसैगरी, डबल डोर फ्रिजमा केन्टको एग ब्वायलर र सिंगल डोर फ्रिजमा २० प्रतिशत नगद छुट दिने जनाएको छ । कम्पनीको एसी खरिद गर्दा निःशुल्क जडानको सुविधा ट्रली स्पिकर र साउन्ड बारमा टिसर्ट तथा माइक्रोवेभ ओभनमा कुकिङ किट उपभोक्ताले पाउने छन्।कम्पनीको फ्रन्ट लोडिङ वासिङ मेसिन खरिदमा सिजीको इन्डक्सनका साथै टप लोडिङ वासिङ मेसिनमा सिजीको आइरन उपहार छ।

यस्तै, एलजी ब्रान्डले ‘नयाँ वर्ष २०७५ को अवसरमा शुभआगमन २०७५ लाई एलजीको शुभकामना सम्पूर्ण नेपालीलाई’ योेजना ल्याएको छ । यस अन्तर्गत एलजीका हरेक सामग्री खरिदमा निःशुल्क उपहार पाइन्छ।

पिएलजी होम इन्टरटेनमेन्ट अफर अन्तर्गत चार वर्ष वारेन्टी र ३० प्रतिशतसम्म छुट पाइने छ ।  कम्पनीको अनुसार ५५ इन्च वा सोभन्दा माथिको ओल्ड तथा सुपर युएचडी टिभी खरिदमा एसएच फोर साउन्ड बार पाउनेछन् । ५५ र ४९ युएचडी टिभी खरिदमा एलएच ६४ होम अडियो पाइने छ ।  एलजीको नर्मल र स्मार्ट टिभी खरिदमा चार वर्षको वारेन्टी छ।

एलजी होम अप्लायन्समा साइड बाई साइड रेफ्रिजेरेटरको खरिदमा एलजी भ्याकुम क्लिनर, डबल डोर रेफ्रिजेरेटरमा पिजा एन्ड अम्लेट मेकर उपभोक्ताले पाउने छन् । सिंगल डोर रेफ्रिजेरेटर खरिदमा ड्राई आइरन लगायत विभिन्न प्रकारका होम अप्लायन्सको खरिदमा आकर्षक उपहार पाइन्छ।

एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्षको अवसर ‘आमन्त्रण’ नामक योजना ल्याएको छ । यस योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउने छन् । यसमा ग्राहकले पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र सय प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछन्।

‘नयाँ वर्षलाई उल्लासमय बनाउने उद्देश्यले हामीले यो ग्राहक योजना ल्याएका हौं । यामाहाको यो योजनाबाट ग्राहक सन्तुष्ट हुनुहुनेछ,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सहायक महाप्रबन्धक प्रदिप पोखरेलले भने, ‘यसपटक हामीले स्क्र्याच कार्ड होइन, स्क्र्याच बुक ल्याएका छौं जसलाई कोट्याएर ग्राहकले विभिन्न उपहार र पुरस्कार पाउन सक्नेछन् ।’
ग्राहकले माउन्टेन फ्लाइट, पफ्र्युम, टिसर्ट, बेबी हेल्मेट, वाटर बोटल, फ्री सर्भिसिङ र अन्य उपहार समेत उपभोक्ताले पाउने छ।

मोटरसाइकल तथा स्कुटर ब्रान्ड टिभिएसले ‘नया“ वर्षको सुरुवात, जीवनभरको साथ’ योजना ल्याएको छ ।  टिभिएसको कुनै पनि मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले आठ हजार एक सय रूपैयाँ तुरुन्तै पाउनेछन्।  

गोदरेज ब्रान्डले नयाँ वर्षको अवसरमा क्यास ब्याक र एक्साइटिङ गिफ्ट अफर ल्याएको छ । अफर अन्तर्गत ग्राहकले गोदरेजका एसडी रेफ्रिजेरेटरमा पाँच हजारसम्मको क्यास ब्याक पाउनेछन् ।यस्तै, डबल डोर रेफ्रिजिरेटरमा सिजीको मिक्सचर ग्राइन्डर, वासिङ मेसिनमा सिजीको स्प्रे आइरन, माइक्रोवेभ ओभन, कुकिङ किट, एयर कन्डिसनरमा फ्री इन्सटलेसन पाउनेछन्।
 

प्रकाशित: २२ चैत्र २०७४ ०१:१२ बिहीबार

वर्षमा विभिन्न ब्रान्डको अफर