अर्थ

पुनरुत्थान अभावमा लोकप्रिय बन्न सकेन नेपाली पर्यटन

सरकारसँग स्पष्ट सोच नहुँदा नेपालको पर्यटन लोकप्रियता कमाउने साँचोका रूपमा स्थापित भइरहेको गुनासो व्यवसायीले गरेका छन्।

पर्यटन क्षेत्रको सबैभन्दा ठूलो चुनौती ४६ वर्ष अघिको कानुनले आजको विस्तारित पर्यटन क्षेत्रलाई सञ्चालन गर्न खोज्नु भएको नेपाल होटल एसोसियसनका अध्यक्ष विनायक शाहले बताए। ‘४६ वर्ष पहिलेको पर्यटन ऐनमा आज हामी काम गरिरहेका छौं।’ अध्यक्ष शाहले भने, ‘४६ वर्षअघिको ऐनले निर्दिष्ट गरेको मुलुकको पर्यटनको अवस्था आजको जस्तै थियो ?’ उनले थपे, ‘व्यवसायीले गरेको लगानी, ट्रेकिङ रूटहरू यस्तै थिए होला ?, होटल तथा रेष्टुरेन्टहरू यत्ति नै थिए होलान् ? के पर्यटनको स्वरूप ४६ वर्षअघिको जस्तै छ ?’ उनले पर्यटन नीतिमा आवश्यक सुधारगर्नुपर्ने औंल्याउँदै समयानुकूल पर्यटन नीति बनाउन ढिलो भइरहेको बताए।

सरकारफेरिएसँगै पर्यटन ऐन परिमार्जन हुने घोषणा गर्ने तरव्यवहारमा लागु नगर्ने पुरातन प्रवृत्तिले पर्यटन क्षेत्र मुलुकको विकास तथा समृद्धिको बलियो क्षेत्र भन्दा पनि प्रत्येक पटक सरकारको लोकप्रियता कमाउने साँचो बनिरहेको धारणा व्यवसायीको छ। वल्र्ड ट्राभल टुरिजम काउन्सिलले सन् २०१६ मा गरेको अनुमान अनुसारपर्यटन क्षेत्रले सन् २०१५ मा नेपालमा जम्मा तीन लाख २६ हजारपाँच सय प्रत्यक्ष रोजगारी (कुल रोजगारको ३.२ प्रतिशत) रनेपालको कुल गार्हस्थ्य उत्पदनमा ४ प्रतिशतले प्रत्यक्ष योगदान पुर्‍याएको छ।

सरकारले लोकरिझ्याइँको लागि मात्र पर्यटन क्षेत्रलाई प्रयोग गर्दा समग्र पर्यटन क्षेत्र नै कमजोरभएको छ। पर्यटन क्षेत्रमा ठूला कार्यक्रम तथा योजना घोषणा गर्ने तरव्यवहारमा कार्यान्वयन नगर्ने प्रवृत्ति रहेको बताउँदै अध्यक्ष शाहले सरकारलाई आफैंले बनाएको पर्यटनक्षेत्रको रणनीतिक योजनालाई बेवास्ता गरिरहेको आरोप लगाए। ‘सरकारले बनाएको पर्यटन रणनीतिक योजनाले पर्यटन ऐनलाई समसामयिक बनाउने भनेको थियो अहिलेसम्म के गरियो ?’ शाहले भने, ‘सरकारको भन्ने एउटा रगर्ने अर्को तालले मुलुकको पर्यटनलाई मजाक बनाएको छ।’ मुलुकको पर्यटन अत्यधिक राजनीतिक चपेटामा परेको रयसले पर्यटन क्षेत्रलाई पछाडि धकेलिरहेको उनले बताए।

सरकारले राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६–२०२५ तय गरेको छ। जसमा सरकारले पर्यटन विकासको दीर्घकालीन दृष्टिकोण अन्तर्गत दुई कुरामा जोड दिएको छ। पहिलो, नेपाललाई मुलुकको एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरी देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने महŒवपूर्ण माध्यमको रूपमा विकास गर्ने रहेको छ भने दोस्रोमा अन्तर्राष्ट्रिय पर्यटकलाई उनीहरूको अनुभवमा विविधिकरण ल्याउने रहेको छ। योजना तय भएदेखि अहिलेसम्म महŒवपूर्ण पर्यटनसम्बन्धी नीति तथा कायक्रमहरू सरकारले प्रतिबद्धता गरेअनुसारलागु गर्न सकेको छैन। पर्यटन रणनीति योजना ल्याए पनि त्यसलाई सफल पार्न कुनै पनि प्रभावकारी कार्यक्रम तय गर्न सरकारचुकेको बताए।

सरकारले न मुलुकको पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारगर्न सकेको छ न त व्यवसायीको चाहना रइच्छा बुझेरकुनै कार्ययोजना ल्याएरव्यवहारमा लागु गर्नसकेको छ। जुनसुकै पार्टीको सरकारआए पनि पर्यटन क्षेत्रको शक्ति पहिचान गरेरदेशको हितका लागि लाभ लिनेभन्दा सत्तामा पुग्ने भर्‍याङ बनाएको बताउँदै अध्यक्ष शाहले सरकारआफूले गरेको प्रतिबद्धतामा ‘रेस्पोन्सिभ’ नभएको गुनासो गरेका छन्। ‘सरकारको पर्यटन दशक कार्यक्रम कता गयो ? निजामती कर्मचारीलाई देश दर्शन गर्ने कार्यविधि के भयो ? पर्यटकलाई फ्रि भिसा दिने योजना किन लागु नभएको ?’ उनले भने, ‘आफ्नो स्टेटमेन्टमा सरकारकहिल्यै कमिटेड भएन्।’ त्यसैले अथाह सम्भावना भएको मुलुकको पर्यटन क्षेत्रले कहिल्यै क्षमता अनुसारको गति लिन नसकेको उनको बुझाइ छ।

सबैभन्दा धेरै संख्यामा पर्यटक भित्रिने मुलुकको नागरिकलाई आकर्षित गर्न प्रवेशाज्ञा सहज बनाउन फ्रि भिसा नीति लागु गर्ने पक्षमा सरकार, सरोकारवाला निकाय, व्यवसायी, संघ संस्था सबै सहमत भए पनि अहिलेसम्म नीतिगत तवरले कार्यान्वयन गर्न सकेको छैन। यसैक्रममा पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले सरकारले सचेत भएर‘फ्री भिसा’ व्यवस्था नीति लिई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसारगर्न सके नेपालको पर्यटनमा सकारात्मक प्रभाव पर्नेमा शंका नहुने भनी पटक पटक भनेका छन्।

यस्तै सरकारले पर्यटन पुनरुत्थान गर्ने भनेरसन् २०२३ देखि २०३१ लाई पर्यटन दशक घोषणा गर्‍यो। सरकारले २०२३ लाई पर्यटन दशक तयारीको वर्ष रअन्य वर्षमा प्रदेश अनुसारका कार्यक्रमसमेत तय गरेको थियो। सरकार, सरोकारवाला निकाय, व्यवसायी, संघसंस्था सबैसहमत हँुदै गर्दा पनि पर्यटन क्षेत्र लक्षित यो कार्यक्रम सुरू नै हुन सकेन। यस्तै ‘नेपाल घुमौं नेपाल चिनौं’, ‘पहिला आफ्नो देश, त्यसपछि मात्र विदेश’, ‘पर्यटन दशक’, ‘भिजिट नेपाल’ जस्ता पर्यटन लक्षित कार्यक्रमहरूमा सरकारकहिल्यै पनि गम्भीरभएरलाग्न सकेन।

पछिल्लो समय नेपालमा पाँच तारे रसो स्तरभन्दा माथिको होटल संख्या १८ पुगेको छ। पर्यटन विभागका अनुसारपाँचतारे डिलक्स होटल दुई रपाँच तारे स्तरको होटल १७ वटाभन्दा बढी छ। यस्तै चारतारे होटलको संख्या ३६ भन्दा बढी रहेको छ। यसैक्रममा बुटिक होटल, क्यासिनो, साना तथा मझौला होटलहरू गरी मुलुकमा हजारौं होटलहरू सञ्चालन हुँदै आएका छन्। होटल एसोसिएसनले ३५ लाख पर्यटकलाई उनीहरूले भने बमोजिमको सेवा सुविधा दिन पूर्ण रूपमा तयारभइसक्दा पनि सरकारआधाभन्दा कम पर्यटक आगमनको लक्ष्य लिएरबसेको देखेरव्यवसायीहरू निराश छन्। 

प्रकाशित: १० आश्विन २०८१ ०७:५२ बिहीबार

#Nepal Turism #Turism in nepal