अर्थ

अलिपे प्लस र मोको क्यूआरबीच एकीकरण घोषणा, नेपालको डिजिटल भुक्तानीमा सहयोग पुग्ने विश्वास

नेपालको वित्तीय सेवा कम्पनी, फोकस वान पेमेन्ट सोल्युसन्स प्रा.लि.ले मोको युनि फाइड क्यूआर कोड र अलिपे प्लसबीच एकीकरण घोषणा गरेको छ ।  

हिमालयन बैंकको साझेदारीमा सम्पन्न एकीकरण घोषणापछि नेपालको व्यापारिक क्षेत्रमा अन्तर्राष्ट्रिय ग्राहकहरूबाट सहज रूपमा भुक्तानी लिनको लागि मञ्च प्रदान गर्ने विश्वास लिइएको छ । एन्ट समूहसँगको यो साझेदारीले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई नयाँ उचाइमा पुर्याउने दाबी कम्पनीको छ ।  

अलिपे प्लसले दक्षिणपूर्वी एशियालगायत १४ देशका १.५ अर्बभन्दा बढी उपभोक्तालाई सहज रूपमा मोबाइल भुक्तानीको सुविधा प्रदान गर्दछ । यसमा अलिपे (चीन), अलिपे एचके (हङकङ), टि नाबा (इटाली), एमपे (मकाओ), माईपीबी (मलेसिया), हिपे (मंगोलिया), जीक्यास (फिलिपिन्स), चांगीपे र ओसीबीसी डिजिटल (सिगांपुर), नावर पे र टस पे (दक्षिण कोरिया) र ट्रुमनी (थाइल्याण्ड) जस्ता महत्वपर्णू भुक्तानी एपहरू समावेश छन् । यसका साथै, काकाओ पे र टच एनगो इवालेट जस्ता थपभुक्तानीएपहरू पनि चाँडै यस सुचीमा समावेश हुने कम्पनीनले जनाएको छ ।  

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंककाकार्यकारी निर्देशक विनोदराज आचार्यले यो साझेदारीले नेपालको डिजिटल भुक्तानी क्षेत्रमा अर्को महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । यो सेवाले राष्ट्रिय र अन्तर्राष्ट्रिय ग्राहकहरूको लागि सहज र सुरक्षित भुक्तानीको वातावरण बनाउने बताउँदै उनले यसले गर्दा आगामी दिनमा लेनदेनहरू अझ सजिलो, सुविधाजनक र सुरक्षित हुने उल्लेख गरे ।  

प्रकाशित: ९ आश्विन २०८१ १८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App