अर्थ

विश्वको पहिलो 'कफी गम' बजारमा

गुडलाईफले आफ्नो नवीनतम नवाचार 'कफी गम' बजारमा ल्याएको छ  । यो कफी गम क्यापाचिनो र अमेरिकानो मन पराउनेहरुका लागि आकर्षक हुने कम्पनीको दाबी छ ।

कफी गम विशेष गरेर चुइगम रहेको बताउँदै कम्पनीले जसको केन्द्रमा वास्तविक कफीको तरल पदार्थ रहेको बताएको छ।

यो उत्पादन कफीप्रेमी र चुइगम प्रेमीहरुका लागि डिजाइन गरिएको बताउँदै कम्पनीले भनेको छ, 'जसले कपको आवश्यकता बिना नै कफीको चाहना पूरा गर्ने रमाइलो तरिका प्रदान गर्दछ। वास्तविक तरल कफी भएको कफी गम क्यापुचिनो र अमेरिकानो मन पराउनेहरूका लागि विशेष रूपमा सान्दर्भिक छ।'

प्रत्येक प्याकेटमा १५० वटा गम समावेश रहेको बताउँदै गुडलाईफले हरेक गमको मुल्य बढीमा दुई रुपैयाँ पचास पैसा पर्ने उल्लेख गरेको छ ।

गुडलाईफका निर्देशक आशिष जाजुले भनेका छन्, 'कफी गम युवा कफी प्रेमीहरूलाई लक्षित गरेर बनाइएको छ र यसले बजारमा एक सनसनीपूर्ण वातावरण बनाउनेमा हामी विश्वस्त छौं ।'

प्रकाशित: ९ आश्विन २०८१ १६:४२ बुधबार

#Goodlife # Coffee gum