अर्थ

सुन तोलामा १ लाख ६० हजार नाघ्यो

नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो।

मंगलबार प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार को तुलनामा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो।

प्रकाशित: ९ आश्विन २०८१ १०:५७ बुधबार

#Gold Price