अर्थ

सिप्रदीले उपत्यकाबाहिर 'टाटा केयर क्याम्प' आयोजना गर्ने

टाटामोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि.ले  काठमाडौं उपत्यकाबाहिर 'टाटा केएर क्याम्प' आयोजना गर्ने भएको छ।  

यसले  टाटा पेसेन्जर श्रेणीका (पीभी)  आइसीई (पेट्रोल र डिजेलमा आधारित)  र ईभी  (विजुलीमा आधारित)  गाडीहरुलाई लक्षित गरेको छ । यो क्याम्प यही आश्विन ९ देखि ११ गतेसम्म सिप्रदीका धनगढी, पर्सा, हेटौंडा, ढल्केबर र मेचीमा अवस्थित  पीभीका सेवासम्बन्धि सञ्जालहरुमा सञ्चालन  हुनेछ । 

कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकहरुले विभिन्न  विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन् । उनीहरुले  ब्याट्री, सस्पेन्सन, ब्रेकलगायत  कम्प्युटर  परीक्षणजस्ता सुविधा  निशुल्क पाउने छन्।  

यसैगरी, ग्राहकहरुलाई पार्टपुर्जा र  लुब्रीकेन्ट प्रत्येकमा २० प्रतिशत एवं  लेबर चार्जमा  ५० प्रतिशतको छुट दिइने छ भने टप वाशिंग सित्तैमा गरिनेछ । 

आफ्नो ग्राहकवर्गलाई उत्कृष्टभन्दा उत्कृष्ट ढंगले सेवा गर्ने आफ्नो प्रतिवद्धता अनुरुप यो क्याम्प आयोजना गर्न लगिएको सिप्रदी जानकारी दिन्छ ।   

प्रकाशित: ७ आश्विन २०८१ १६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App