अर्थ

सुनको मूल्य हालसम्मकै उच्च

स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ। लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो।

अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा एक हजार सात सय रूपैयाँले बढेको छ।

शुक्रबार प्रतितोला एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५८ हजार आठ सय रूपैयाँ निर्धारण भएको छ।

असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा दुई हजार एक सय रूपैयाँले बढेको छ।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रूपैयाँ बढेकाे छ। शुक्रबार प्रतितोला एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय २० रूपैयाँ निर्धारण भएको छ। 

प्रकाशित: ६ आश्विन २०८१ ११:३९ आइतबार

# Gold prices are at an all-time high