अर्थ

सहकारीबाट जनता पीडित हुनुमा सरकार दोषी : विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सहकारीका माथिल्ला संचालकहरुले जनताको अरवौ र खर्बौ रकम लिएर भाग्नुको कारक सरकार रहेको आरोप लगाएको छन् । समय बचत तथा ऋण सहकारी संस्था ली. च्याम्हासिंह भक्तपुरको शनिबार भएको १४ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष विजुक्छेंले सहकारीबाट जनता पीडित हुनुको कारण सहकारी मन्त्री भएको आरोप लगाए ।

सहकारीको विषयमा बारम्बार संसदमा गम्भीर ध्यान आकर्षित गराइए पनि सरकारले वास्ता नगरेको हुँदा  सरकारी मन्त्रीहरु नै अपराधका कारक भएको पुष्टि भएको उनको भनाई थियो । त्यस कारण विषयबस्तुको जानकारी नराखी तथा समस्याको समाधानबारे अनबिज्ञहरु मन्त्री बन्नु हुने थिएन, उनले भने, तिनीहरूलाई जिम्मेवार बनाउने कानुन नबनेकोमा प्रधानमन्त्रीले नै यसको नैतिक जिम्मेवारी लिनु पर्दछ । 

प्रकाशित: ५ आश्विन २०८१ १९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App