अर्थ

उद्योग वाणिज्य संघ गुलरिया बर्दियाको कार्यसमिति निर्विरोध

अध्यक्षमा पाण्डे सर्वसम्मत

उद्योग वाणिज्य संघ गुलरिया बर्दियाको दशौं अधिवेशनबाट अध्यक्षमा पुनः देवेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । दशौं अधिवेशनले पान्डेसहित सम्पूर्ण पदका लागि निर्विरोध नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।  

भाईटल पोष्टमा ईन्द्रकुमार श्रेष्ठ प्रथम उपाध्यक्ष, सुरेन्द्र बगाले द्वितीय उपाध्यक्ष, बिष्णुकुमार सुनार तृतीय उपाध्यक्ष, मोहित पौडेल महा–सचिव, श्रीकृष्ण थारु सचिव, केशवप्रसाद रिजाल कोषाध्यक्ष, लिलाबहादुर सुनार सह–कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले तोकेको मनोनयनको समयमा सबैपदमा एकल उम्मेदवारी परेको हो ।  

यस्तै, घनश्याम लोध, वसी अहमद इद्रिसी, पिताम्बर घिमिरे, जाकिर हुसैन मनिहार, सुमित्रा चौधरी, अशोककुमार के.सी., सुरेन्द्र गौतम, रमेश रावल, सर्दिप ढुंगाना, नविन चौधरी, महमद मैहमुद रजामिनार र अशोक राज पौडेल सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । 

प्रकाशित: ५ आश्विन २०८१ ११:१५ शनिबार

#उद्योग वाणिज्य संघ गुलरिया