अर्थ

इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको समाचारप्रति एनसेलको आपत्ति

एनसेलले एक इन्टरनेट सेवाप्रदायक कम्पनीको शेयर खरिद गरेकोे समाचारप्रति एनसेलले आपत्ति जनाएको छ । ती समाचारहरु अपरिपक्व र अनुमानमा आधारित भएको एनसेलले जनाएको छ ।  

एनसेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवाप्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुदाँ, यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत कम्पनी प्रतिबद्ध रहेको छ । नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसंग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु हाम्रो लक्ष्य रहेको छ ।'  

नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पु¥याउन आफूहरु निरन्तर लागिपरेको चर्चा गर्दै एनसेलले आफ्ना सेवाहरु विस्तार गर्दै आमउपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततःथप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने दाबी गरेको छ ।  

एक जिम्मेवार सेवाप्रदायकको रूपमा, एनसेलले सधैं पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचनाप्रवाहलाई प्राथमिकतादिदै आएको उसको भनाइ छ । एनसेलले भनेको छ, 'हाम्रा निर्णयहरू सधैं नेपाल राज्य, ग्राहकवर्ग र सरोकारवालाहरूसंग सम्बन्धीहुने भएकोले हामीसंग सम्बन्धित समाचारहरु प्रकाशन, प्रसारण गर्नु अघि हाम्रो आधिकारिक धारणा बुझिदिनहुन सञ्चारका माध्यमहरुलाई अनुरोध गर्दछौं ।'

प्रकाशित: ४ आश्विन २०८१ १८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App