अर्थ

चाडपर्व लक्षित गर्दै भायनेटले ल्यायो 'महामहोत्सव' अफर

नेपालको अग्रगामी इन्टरनेट सेवाप्रदायक भायनेट कम्यिनकेसनले  यसवर्षको चाडपर्वको अवसरमा 'भायनेट महामहोत्सव' अफर सार्वजनिक गरेको छ  । ग्राहकहरूको लागि थप स्पिड, बचत, र रोमाञ्चक अफर ल्याउँदै भायनेटले आफ्नो अफरलाई अझै आकर्षक बनाएको दाबी कम्पनीको छ । 

यस महोत्सव अन्तर्गत, ग्राहकले १२५ एमबीपीएसको सट्टा वार्षिक ८ हजार ९९९ मूल्यमा २०० एमबीपीएस स्पिड प्राप्त गर्नसक्छन् । भायनेटले आफ्ना अहिलेका १२५ एमबीपीएस चलाइरहेका आफ्ना वार्षिक ग्राहकलाई २०० एमबीपीएस दिन सुरु गरिसकेको छ ।  

साथै, भायनेटले ग्राहकको घरभरि वाईफाई टिप्ने बनाउनलाई जेटटीईको 'मेस वाईफाई'मा अफर लिएर आएको छ । ग्राहकहरूले मेस वाईफाईको राउटरमा २ वटा सेटलाई एकको मूल्यमा पाउन सक्नेछन् । जसका लागि मात्र करसहित ३ हजार रुपैयाँमात्र अतिरिक्त तिर्नु पर्ने छ । यो मेस वाईफाई भायनेटका २०० एमबीपीएस  वा माथिका बार्षिक ग्राहकलाई लागु हुने कम्पनीले जनाएको छ ।  

यस्तै भायनेटका ३ महिनाभन्दा माथि नवीकरण अथवा नयाँ जडान गर्ने ग्राहकहरुले ग्लोबल नम्बर २ टिभी ब्रान्डको हाइसेन्समा टिभी, फ्रिज, वासिन मेसिनजस्ता इलेक्ट्रोनिक सामानमा २८ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

प्रकाशित: ३ आश्विन २०८१ १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App