अर्थ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी अर्जुन पोखरेललाई ४८८ मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन्।

कुल २ हजार २ सय ४७ मत खसेकोमा कार्कीले १ हजार ३ सय ३९ मत प्राप्त गरे। उनका प्रतिष्पर्धी पोखरेलले ८ सय ५१ मत प्राप्त गरे। कार्की निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत हुन्। पोखरेल भने दोस्रो पटक अध्यक्षमा पराजित भए।

संघको उप-महासचिवमा सुदीपमान प्रधानाङ्ग विजयी भए। प्रत्यासी बालकृष्ण कोइरालालाई १ सय ३० मतान्तरले पराजित गर्दै प्रधानाङ्ग विजयी भएका हुन्। प्रधानाङ्गले १ हजार १ सय ७७ मत प्राप्त गरे भने पराजित कोइरालाले १ हजार ४७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

यसअघि संघको वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका छन्।

त्यस्तै, खुल्ला सदस्यतर्फ ललितबहादुर कुँवर १५३९, देवेन्द्र प्रजु १५१६, सौगात थापा १४९४, दूधमान गुरुङ (आशिष्) १४६८, भीम गौतम १४३९, त्यस्तै, टिकाराम सुवेदी (माधव) १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना १३७५, प्रदीप राजभण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० मत ल्याएर विजयी भए।

१० खुल्ला सदस्यका लागि १४ जनाबीच भएको प्रतिष्पर्धामा विनोद केसी १२९६, लेखनाथ सुवेदी १२८६, प्रेमप्रसाद सुवेदी १२८५, विष्णुप्रसाद तिमिल्सिनाले १२३० मत ल्याएर पराजित भए।

संघको वस्तुगततर्फ सूर्य घिमिरे (मदिरा) २२ मत, दुर्गा बराल (कस्मेटिक) २१ मत, पृथ्वीराज तिमिल्सिना २० मत र नवीन नापित (कपडा) १४ मत ल्याएर विजयी भएका छन्। नवीन नापित र दीपेन्द्र कोइरालाको समान १४/१४ भएपछि गरिएको गोला प्रथाबाट नापित विजयी भए।

प्रकाशित: ३० भाद्र २०८१ २०:३६ आइतबार