अर्थ

गाउँगाउँमा बिजुली पुर्‍याउन सरकारले काम गर्दैछ : राज्यमन्त्री तामाङ

ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले ७७ जिल्लामा उज्यालो नेपालको अनुभूति दिने गरी विद्युतीकरण गर्ने बताएका छन् ।आइतबार ललितपुर निर्माण व्यवसायी सङ्घले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले यस्तो कुरा बताएका हुन।

 उनले सरकारले ७७ जिल्लाका जनतालाई विद्युतको सुविधा पुर्‍याउने बताए । उनले जतिसुकै खर्च लागे पनि गरिब जनताको घरमा बिजुली बालेर छाड्ने संकल्प लिएको जानकारी दिए ।

राज्यमन्त्री तामाङले मुलुकका जलविद्युत उत्पादनको सम्भावना राम्रो रहेको भन्दै उत्पादित विद्युत जनताको घरमा पुर्‍याउन आवश्यक रहेको बताए । उनले अहिले पनि ७७ जिल्लाका सबै ठाउँमा विद्युत पुग्न बाँकी रहेको भन्दै सरकारले चाँडै मुलुक विद्युतीकरण घोषणा गर्ने गरी काम गर्ने बताए ।उनले मुलुकमा भएको व्यापार घाटा कम गर्ने ऊर्जा क्षेत्रले धेरै महत्त्वपूर्ण भुमिका खेल्ने बताए।

उनले निर्माण व्यवसायीहरुको बाँकी भुक्तानी सरकार तिर्दै गएको बताए । उनले सिँचाइ मन्त्रालयले दिनुपर्ने निर्माण व्यवसायीहरुको भुक्तानी तत्काल दिने पनि बताए। 

प्रकाशित: ३० भाद्र २०८१ १६:२० आइतबार

#Poorna Bahadur Tamang