अर्थ

सुनको मूल्य उच्च विन्दुमा

स्थानीय बजारमा सुनको मूल्य उच्च विन्दुमा पुगेको छ। गत शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत भदौ २८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। सो दिन छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ४० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: ३० भाद्र २०८१ १०:३६ आइतबार

#gold and silver