अर्थ

भारतको पहिलो इन्टेलिजेन्ट 'सीयूभी एमजी विन्डसर' सार्वजनिक

भारतको एमजी मोटर्सले एमजी मोटरले भारतको पहिलो इन्टेलिजेन्ट सीयूभीएमजी विन्डसर सार्वजनिक गरेको छ । एमजी विन्डसरले अटोमोटिभ उद्योगमा महत्त्वपूर्ण प्रभाव पार्ने पार्ने कम्पनीको दाबी छ । 

यो ग्राउन्ड ब्रेकिंग गाडीले सेडान कम्फर्ट र एसयूभी स्पेसियसको आदर्श फ्युजन प्रदान गर्ने दाबी गर्दै कम्पनीले अटोमोटिभ क्षेत्रमा नयाँ मापदण्डहरू स्थापित गर्ने बताएको छ । एमजी विन्डसर एक 'एरोग्लाइड डिजाइन' संग डिजाइन गरिएको छ । 

एमजी विन्डसरको उत्कृष्ट विशेषतामध्ये १५.६ इन्चको 'ग्रान्ड भ्यू टच डिस्प्ले' रहेको कम्पनीले बताएको छ । यसले मनोरञ्जन, गेमिङ र गाडी रोकिएका समयमा समय विताउन मद्दत गर्नेछ । 

एमजी विन्डसरमा ‘इन्फिनिटी भ्यू ग्लास रुफ’ पनि रहेको छ हावायुक्त अनुभूति सिर्जना गर्दैमनोरम दृश्य हेर्न यो सहयोगी हुने र लक्जरी सुविधाले यात्रुहरूलाई यात्रा सहज बनाउने कम्पनीको भनाइ छ । यसमा भएका ‘एरो-लाउन्ज’ सिटहरू अर्को विशेषता रहेको कम्पनीको दाबी छ । 

प्रकाशित: २७ भाद्र २०८१ १८:२५ बिहीबार

#MG Motor